Logo

माथिल्लो तामाकोशीको बाँध क्षेत्रको परीक्षण शुरु, यही चैत २२ गतेसम्म परीक्षण जारी रहने

माथिल्लो तामाकोशीको बाँध क्षेत्रको परीक्षण शुरु, यही चैत २२ गतेसम्म परीक्षण जारी रहने



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण सोमबारदेखि शुरु गरिएको छ ।

laxmi

दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण शुरु गरिएको आयोजनाले जनाएको छ ।

बाँध क्षेत्रको प्राविधिक परीक्षण सोमबारदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ । आयोजनाको बाँधक्षेत्र परीक्षणअन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडवक्र्स संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ ।

विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि विसं २०७२ को विनाशकारी भूकम्पका कारण केही समय ढिला हुनगएको थियो ।

आयोजनाको बाँध क्षेत्र परीक्षणको अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरी रहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोशी बजार तथा मन्थलीसम्म पानीको सतह घटबढ हुने हुँदा नदी किनारमा केही गतिविधि नगर्न आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL