Logo

सेन्हाइजर इलेक्ट्रोनिक्सको नयाँ वितरक बन्यो नियोटेरिक नेपाल

सेन्हाइजर इलेक्ट्रोनिक्सको नयाँ वितरक बन्यो नियोटेरिक नेपाल



काठमाडौं । नेपालको नियोटेरिक नेपाल सेन्हाइजर इलेक्ट्रोनिक्स एशिया पिटिइको नयाँ वितरकमा नियुक्त भएको छ । नेपालमा सेन्हाईजरका वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियूक्त गरिएको हो ।

नेपालमा आईसिइटी (इन्फरमेशन, कम्यूनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) वितरणमा संलग्न नियोटेरिक नेपालकै अग्रणि कम्पनी हो । नियोटेरिक नै सेन्हाइजर एशियाको हेडफोन र होम अडियो स्पिकर विक्री वितरणको लागि योग्य प्रोत्साहक समेत भएको एन्हाईजरले जानकारी दिएको छ । नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एशियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

सेन्हाईजर हेडफोन, लाउडस्पिकर, माईक्रोफोन र वायरलेस ट्रान्समिशन प्रणालीको निर्माता कम्पनी हो । यस्तै नियोटेरिक नेपाल भने आइसिइटी (इन्फोर्मेसन कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) मा एउटा महत्वपुर्ण स्थान बनाएको कम्पनी हो

प्रतिक्रिया दिनुहोस्
MBL