Logo

हिमालय एयरलाइन्सको कतार उडान स्थगित, बुकिङ भएका टिकट फिर्ता वा विना शुल्क मिति परिवर्तन गर्न सकिने

हिमालय एयरलाइन्सको कतार उडान स्थगित, बुकिङ भएका टिकट फिर्ता वा विना शुल्क मिति परिवर्तन गर्न सकिने



काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–कतार उडान स्थगित गरेको छ । नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुने गरी कतारमा निर्धारित सबै उडान रद्द गरेको जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म हिमालयले काठमाडौंबाट कतारका लागि निर्धारित उडान फिर्ता गरेको हो ।

कतारले नेपालीसहित १४ मुलुकका नागरिकको प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै हिमालय एयरलाइन्सले उडान स्थगित गरेको हो ।

एयरलाइन्सले ९ मार्चपछिका लागि लिएका सबै टिकट फिर्ता गर्न सकिने वा बिना कुनै अतिरिक्त शुल्क मिति परिवर्तन गर्न सकिने जानकारी दिएको छ । हिमालय एयरलाइन्सले चीनका उडान समेत स्थगित गरेको थियो ।

कतार प्रवेशमा रोक लगाए पनि कतारले ट्रान्जिटमा यात्रु भने रोकेको छैन । कतार हुदै यूरोप तथा अमेरिकी मुलुक जान भने ट्रान्जिटमा नेपालीलाई निषेध गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL