Logo

होटल ‘आनन्द पशुपति’को सरसफाई कार्यक्रम, कोरोनावाट बच्न सचेतना सन्देशको उद्देश्य

होटल ‘आनन्द पशुपति’को सरसफाई कार्यक्रम, कोरोनावाट बच्न सचेतना सन्देशको उद्देश्य



काठमाडौं । नोवेल कोरोना भाइरसको कारण सम्पूर्ण विश्वमा नै सन्त्रास फैलिएको अवस्थामा काठमाण्डौको तिलगङ्गा स्थित एक होटलले कोरोनावाट बच्न सरसफाई कार्यक्रम संचालन गरेको छ ।

शुक्रवार र्यालीसमेत आयोजना गरेको होटल ‘आनन्द पशुपति’ टिमले उक्त क्षेत्र वरपर सरसफाईका साथ साथै हरियाली कायम गर्न वृक्षरोपण समेत गर्दै आएको छ ।


द पिक हस्पिटालिटी म्यानेजमेन्टद्वारा होटल ‘आनन्द पशुपति’ ले सरसफाई कार्यक्रम संचालन गरेको हो । आगामी नयाँ बर्षबाट संचालनको तयारीमा रहेको यस होटलले यो संगसंगै विभिन्न सामाजिक जागरणका कार्यक्रम समेत सन्चालन गर्दै जाने तयारी रहेको छ ।

शुद्ध शाहाकारी खाना पाइने होटलमा मदिरा सेवन भने प्रतिबन्ध नै गरिएको छ । नेपाल भर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्येश्य बोकेको पिकको यो होटल संचालन प्रयास एक फरक प्रयोग हो । मुख्य त भारतीय तिर्थ यात्रुलाई लक्षित गरेर संचालन गर्न लागिको होटलले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव छोड्ने छ ।

करिव ८० कोठा उपलब्ध हुने होटलमा नर्मल देखि स्विट्स सम्मको व्यवस्था गरिने छ । शाकाहारी भन्न साथ खानेकुराको ’अप्सन’ हुदैन भन्नेहरुको लागि यो होटल एक उदाहरणको रुपमा रहने छ । रोजगार सिर्जना गर्दै समुदायसंग मिलेर स्वावलम्बनका कामहरु समेत गर्दै लगिने तयारी समेत रहेको पीकका संचालक विवेक विष्टले बताए ।

पहिलो कार्यक्रमको रुपमा वाग्मती किनार सफा गरेको टिमले बिस्तारै जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तथा सामाजिक काम गर्ने तयारी गरिरहेको छ । होटलले पन्चामृत नामक रेस्टुरेन्ट समेत संचालन गरी शुद्ध शाहाकारी भोजन गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL