Logo

जिएमइ रेमिट र इन्टेल एक्सप्रेसबीच विप्रेषण सम्झौता, यूरोपबाट रेमिट्यान्स भित्र्याउन सहज हुने

जिएमइ रेमिट र इन्टेल एक्सप्रेसबीच विप्रेषण सम्झौता, यूरोपबाट रेमिट्यान्स भित्र्याउन सहज हुने



काठमाडौं । जिएमइ रेमिट र इन्टेल एक्सप्रेसबीच विप्रेषणसम्बन्धि सम्झौता भएको छ । यो सम्झौतासँगै अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी इन्टेलएक्सप्रेस मार्फत पठाएको रेमिट्यान्स जिएमइबाट झिक्न सकिनेछ ।

सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र इन्टेलएक्सप्रेसको तर्फबाट प्रमुख निर्देशक डेभिड टार्भटकिलाजले हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय कम्पनीसँगको सम्झौताले यूके, यूरोप तथा अन्य देशबाट वैधानिक तवरबाट रेमिट्यान्स भित्र्याउन थप सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बजारमा रेमट्यान्समा अग्रणी रहेको इन्टेल एक्प्रेससँगको सम्झौतापश्चात विश्वभरबाट पठाएको रकम जि।एम।इ रेमिट को ८ हजारभन्दा बढि एजेन्ट मार्फत भुक्तानी लिन सकिने जनाइएको छ ।

हाल जि।एम।इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू।के, मलेसिया, जापान लगाएत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL