Logo

फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो, टिम भेन्चर्सले लियो २० प्रतिशत सेयर

फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो, टिम भेन्चर्सले लियो २० प्रतिशत सेयर


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु प्रालिले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ ।

laxmi

सन् २०१० मा आईटि व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमाण्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भूकम्पपश्चातपनि सशक्त हुँदै सन् २०१६ मा ट्रु नर्थ एसोसिएसन (टिएनए)बाट शुरुवाती चरणको लगानी प्राप्त गरेको थियो ।

फुडमाण्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५ सयभन्दा बढी रेष्टुरेन्टहरुबाट २ सयजना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिईरहेको छ । यसबाहेक कम्पनीले ताजा तरकारीहरु, पेय पदार्थहरु र केकहरु फामर्स मार्केट्स, थोक बिक्रेताहरु र प्रमुख होटलहरुबाट समेत डेलिभरी गरिरहेको छ ।

फुडमाण्डुका चिफ टेक्नोलोजी अफिसरसमेत रहेका अधिकारीले भने, ‘हामी संस्थागत लगानीकर्ताहरुले गरेको हामीमाथि गरेको विश्वासले अझ उत्साहित बनाएको छ, हालै सुरक्षित गरिएको फण्ड विशेषगरि भौगोलिकरुपमा बिस्तार गर्न उपयोग गरिनेछ ।’

हालै सम्पन्न भएको अनलाइन फुड फेस्टिवलमा राखिएको अग्मेन्टेड रियालिटी फिचरले हाम्रा ग्राहकहरुबाट अथाह प्रतिकृयाहरु प्राप्त भएको छ र यसले नेपाली व्यवसायमा नयाँ प्रवृत्तिलाई कायम गरेको छ । यो सम्झौताअन्तरगत, टीम भेन्चर्सले फुडमाण्डुमा करिब २० प्रतिशत शेयर ओगट्नेछ जसअन्तरगत नयाँ शेयरहरु र टिएनएले लिएको केहि शेयरहरु खरिद गर्नेछ ।

‘हामी फुडमाण्डुजस्तो घरेलु स्तरमा बढ्दै गरेको, नयाँ अर्थ व्यवसायमा लगानी गर्न पाउँदा र यसको भविश्यको वृद्धिमा सहभागी हुन पाउँदा हर्षित भएका छौं,’ टिम भेन्चर्सका संस्थापक तथा सिईओ तेन्जिन गोन्सारले भने । उनको कम्पनीले विभिन्न रियल स्टेट डेभलपमेन्ट प्रोजेक्टहरु, मर्चेन्ट बैंकिंग कम्पनी, स्टक मार्केटमा लगानी गरेको छ भने आफ्नै ट्रेडिङ्ग कम्पनीपनि संचालन गर्दछ ।

टिम भेन्चर्स संस्थागत भेन्चर फण्डको प्रमुख शेयरहोल्डर हो र यसले कयौं जलविद्युत परियोजनाहरुको शेयर लिएको छ । त्यसैगरि प्रमुख बीमा कम्पनीहरुले नेतृत्व गरेको अटो सर्भिसिंग सेन्टर चेनको प्रमुख प्रर्वद्धक पनि हो ।

फुडमाण्डु टिएनएद्धारा गरिएको पहिलो लगानी हो र यो प्रमुख घरेलु पीईभीसी फर्म हो । यसले वित्तिय सेवाहरु उपलब्ध गराउने, कृषि, प्रविधिमा आधारि व्यवसायहरु जसले ती क्षेत्रहरुमा नै परिवर्तन ल्याएका थिए त्यसमा लगानी गरेको छ ।

‘आंशिकरुपमा फुडमाण्डुबाट बाहिरिनुले नेपालमा वैकल्किप लगानी ईकोसिस्टम वृद्धि हुँदैछ भन्ने सशक्त संदेश दिएको छ । यसले हामी अझै फुडमाण्डुप्रति प्रतिबद्ध छौं भन्ने सुनिश्चित समेत गरेको छ, जेभएतापनि कम्पनीहरुलाई तीब्ररुपमा विकास गर्न कसरी प्राइभेट इक्युईटी इन्भेस्टमेन्टको एप्लिकेसनले अग्रगामी सहयोग गर्दछ भन्ने यो एउटा उदाहरण हो,’ टिएनएका इन्भेष्टमेन्ट म्यानेजर निधान श्रेष्ठको विश्वास छ । फुडमाण्डुको व्यवसाय पछिल्लो ४ वर्षभित्र मात्रै १० गुणाले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL