Logo

डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट अफर’, प्रत्येक हप्ता २ जनालाई एक लाख नगद उपहार

डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट अफर’, प्रत्येक हप्ता २ जनालाई एक लाख नगद उपहार



काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ ।

laxmi

जस अनुसार डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरे बापत एड अन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित सकिने छ ।

विक्ली लक्की ड्र कार्यक्रम २०७६ माघ २७गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । विक्ली लक्की ड्र २०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आइडीको आधारमा विजेताको घोषणा गरिने छ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL