Logo

देशभरका उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण, ढकाल र शाहले गराए परियोजनाको स्थलगत भ्रमण

देशभरका उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण, ढकाल र शाहले गराए परियोजनाको स्थलगत भ्रमण


बिजखबर संवाददाता
324
Shares

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जना उद्योग वाणिज्य संगका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छन् ।

laxmi

अनौपचारिक भ्रमणको क्रममा रहेका पदाधिकारीहरुलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द प्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ–आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई बधाई तथा धन्यवाद समेत दिएका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL