Logo

पुरानो मेडिकल कलेज चितवन र उद्योग बाणिज्य संघ चितवनबीच आपसी सहकार्य, संघका सदस्यले छुट पाउने

पुरानो मेडिकल कलेज चितवन र उद्योग बाणिज्य संघ चितवनबीच आपसी सहकार्य, संघका सदस्यले छुट पाउने



काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग बाणिज्य संघ चितवनबीच आपसी सहकार्य सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ । गत बर्ष पनि उद्योग वाणिज्य संघका सम्पुर्ण बैध सदस्यहरुलाइ निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो।

यस बर्ष उक्त स्मरण पत्र परिमार्जनसहित हस्ताक्षर भएको संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए । निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब संघ चितवनका सम्पुर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन् । व्यवसायीरुको सबैभन्दा ठुलो संस्था उद्योग बाणिज्य संघ चितवनका वैध सदस्य ४ हजार जति रहेका छन ।

स्मरणपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र निमित्त निर्देशक डा राजेश यादवले र उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य बिभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका थिए । संघ चितवनमा एक कार्यक्रमकाबीच उक्त स्मरणपत्र सार्बजनिक गरियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत बर्ष जस्तै यस बर्षपनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने बिस्वास व्यक्त गरे ।

देशकै ठूलो आइसियु तथा सुपर स्पेसियमलिटी सेवा उपलब्ध सो अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग, डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण संघका सदस्य तथा पदाधिकारिहरुलाइ अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक यादवले बताए ।

उद्योग बाणिज्य संघका सम्पुर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति ब्यबस्था गरिने र हरेक बर्ष संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL