Logo

कानुन विपरित चलेका ६ ग्याँस उद्योगलाई नेपाल गुणस्तरको कारबाही, सोधियो १५ दिने स्पष्टीकरण

कानुन विपरित चलेका ६ ग्याँस उद्योगलाई नेपाल गुणस्तरको कारबाही, सोधियो १५ दिने स्पष्टीकरण



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न ६ ओटा ग्याँस उद्योगलाई स्पष्टिकरण सोधेको छ । विभागले एभेरेष्ट, श्रिकृष्ण, भानु लगायत ६ ओटा उद्योगलाई १५ दिने स्पष्टिकरण सोध्दै कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

विभागले विभिन्न समयमा आकस्मिक अनुगमनका क्रममा उक्त उद्योगहरुले नेपाल गुणस्तर ५३३ का प्रावधान विपरित काम गरेको पाएकाले कारवाही प्रक्रिया अघि बढाएको हो ।

विभागले नेपाल गुणस्तर ऐन २०३७ तथा नियमावली प २०४० को नियम १६ अनुसारको कानुनि कारबाही अघि बढाएको हो । विभागले अनुगमनका क्रममा ग्याँस उद्योगले एचएसटी टेस्ट नभएको, पर्जिङ टेस्ट नगरिएको, ड्राईङ तथा क्लिनिङ नगरिएको लगायतका कार्य गरेको पाएको थियो ।

सोही अनुसार एभरेस्ट ग्याँस उद्योग, श्रिकृष्ण ग्याँस उद्योग, साईबाबा ग्याँस उद्योग, क्यावसन्स ग्याँस उद्योग, भानु ग्याँस र त्रिवेणी ग्याँस विरुद्ध कारबाही अगाडी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL