Logo

एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा, कम उर्जा खपत हुने

एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा, कम उर्जा खपत हुने



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा विक्री थालेको छ । आर ३२ ग्याँसले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्ने र जसले गर्दा कम उर्जा खपत हुने तथा एयर कन्डिसनलाई अधिक टिकाउ बनाउने बताइएको छ ।

‘आर ३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । आर२२ र आर४१० एजस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२ सँग ग्लोबल वार्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनिय छ’ सिजीद्धारा जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजी ले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ भने डुवल कम्प्रेसर भएको यस एसीले ७०% सम्म विजुली बचत गर्दछ ।

साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्ने भएकाले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । एलजीका एयर कन्डिसनर मा १० वर्षको वारेन्टी पनि रहेको छ, साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजारसम्मको बचत पनि गर्न सकिने कम्पनीको दाबी छ ।

एलजीको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी. ईम्पेक्स प्रालि रहेको छ । विगत ३० वर्षदेखि शीर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको नयाँ इलेक्ट्रोनिक्स उत्पादनहरु बजारमा वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL