Logo

डिसहोमको एक्सन स्पोर्टस च्यानलबाट आज हुने साग भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुँदै

डिसहोमको एक्सन स्पोर्टस च्यानलबाट आज हुने साग भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुँदै



काठमाडौं । डिसहोमबाट संचालन भइरहको नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ ।

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ । नेपाल बिरुद्ध बाङ्गलदेशको महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे हुँदै छ भने नेपाल बिरुद्ध बाङ्गलदेश को पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदै छ ।


‘नेपालले खेल्छ, नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शक माझ पु¥याउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL