Logo

मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९, गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९, गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै लैजाने प्रतिबद्धता



काठमाडौं । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement)  द्वारा सम्मानित भएको छ । यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएसरआईएसओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ।पी।सी। सिमेन्ट ९ग्राइन्डिङ र प्याकिङ० को लागि एनएसरआईएस।ओ १४००१ः२०१५ (NS/ISO 14001:2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो ।

laxmi

यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ । सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरु भएको बताए ।

साथै, कम्पनीको तर्फबाट आभार व्यक्त गर्दै उनले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने बताए । मारुती सिमेन्ट दशक अगाडि नेपाली सिमेन्ट जगतमा नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।


पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपीसी सिमेन्ट–मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL