Logo

सुजुकीको बहुप्रतिक्षित ‘एस-प्रेसो’ एसयुभी नेपालमा सार्वजनिक, यस्तो छ ४ भेरियन्टको बजार मूल्य

सुजुकीको बहुप्रतिक्षित ‘एस-प्रेसो’ एसयुभी नेपालमा सार्वजनिक, यस्तो छ ४ भेरियन्टको बजार मूल्य



काठमाडौं । सुजुकीले नेपाली बजारमा बहुप्रतिक्षित पाँचौ पुस्ताको नयाँ एस प्रेसो सार्वजनिक गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले उक्त कार सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले आजैदेखि नेपालभरका ३६ ओटा सुजुकी रिटेल नेटवर्कमा उपलब्ध हुनेगरी उक्त कार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ५ स्पिड म्यानुअल ट्रान्समिशन रहेको उक्त कारमा विभिन्न १० भन्दा बढी सुरक्षा व्यवस्था राखिएको छ ।

यस्तै कारमा एसी सहितको हिटर, पावर स्टेयरिङ, एसेसरी सकेट, फ्रन्ट कन्सोल युटिलिटी स्पेस, रिमोट किलेस इन्ट्री, रियर पार्सल ट्रे, स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् । उक्त कारले २१ दशमलव ७ किलोमिटर प्रति लिटर माईलेज दिन्छ ।

सुजुकी एस–प्रेसो विभिन्न चार भेरिएन्टमा उपलब्ध छ । कम्पनीका अनुसार स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको मूल्य २३ लाख ९९ हजार, भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL