Logo

सुस्तायो गलैँचाको निर्यात, ३ महिनामा ३३ करोडको गिरावट

सुस्तायो गलैँचाको निर्यात, ३ महिनामा ३३ करोडको गिरावट



काठमाडौं । पछिल्लो समय नेपालको निर्यात बढेपनि गलैँचाको निर्यात भने घटेको छ । नेपालको प्रमुख निर्यातित बस्तु मानिने गलैँचा गत आर्थिक बर्षको तुलनामा चालु आवमा घटेको हो ।

laxmi

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा लगभग गलैँचाको निर्यातमा ३३ करोड रुपैयाँ बराबरको गिरावट आएको छ ।

आर्थिक बर्ष २०७४/७५ मा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको कार्पेट नेपालबाट विभिन्न देशमा निर्यात भएकोमा गत आवमा सो निर्यात बढेर २ अर्ब २९ करोड पुगेको थियो । तर चालु आवको पहिलो ३ महिनामा भने उनी गलैँचाको आयातमा ह्वात्तै गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको उनी गलैंचा निर्यात भएको थियो । तर चालु आर्थिक बर्षको सोही अवधिमा यसको आयातमा ३३ करोड ६३ लाखको गिरावट आउँदा १ अर्ब ९५ करोड रुपैयाँको मात्रै गलैँचा निर्यात भएको छ । नेपालबाट हाल विभिन्न ९४ ओटा कम्पनीले गलैँचा बनाएर विभिन्न देशमा निर्यात गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL