Logo

वैदेशिक लगानीमा सुधार, २ महिनामा भित्रियो २ अर्ब

वैदेशिक लगानीमा सुधार, २ महिनामा भित्रियो २ अर्ब



काठमाडौं । नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । गत आर्थिक बर्षमा नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएकोको चालू आबमा सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आबको पहिलो २ महिनामा कुल १ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । तर, चालू आबको सोही अबधिमा यस्तो लगानी १ अर्ब ९८ करोड रुपैयाँ भित्रिएको छ ।

पछिल्लो समय देशमा स्थायी सरकार बनेर लगानीको वातावरण बनेसँगै देशमा वैदेशिक लगानी भित्रने क्रम बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । विश्व बैंकले आजैमात्र प्रकाशित गरेको नेपालको डुईङ विजनेशमा पनि उल्लेख्य सुधार आएको छ ।

गत बर्षको डुइङ विजनेश प्रतिवेदशन अनुसार ११० औं स्थानमा रहेको नेपाल सन् २०२० को प्रतिवेदन अनुसार १६ स्थान माथि उक्लदै ९४ औं स्थानमा आउन सफल भएको छ । लगातारको उच्च आर्थिक वृद्धि, स्थिर सरकार, लगानीका लागि उपयुक्त वातावरण तथा डुइङ विजनेशमा भएको सुधारका कारण विदेशीले नेपालमा गर्ने लगानी बढ्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL