Logo

प्राधिकरणलाई ट्रंक लाईनको बक्यौता उठाउन अदालतको साथ, सर्वोत्तम सिमेन्ट सहित ४ उद्योगको रिट खारेज

प्राधिकरणलाई ट्रंक लाईनको बक्यौता उठाउन अदालतको साथ, सर्वोत्तम सिमेन्ट सहित ४ उद्योगको रिट खारेज



काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई ट्रक लाईनको बक्यौता रकम उठाउन बाटो खुलेको छ । यस अघि प्राधिकरणले बक्यौता रकम उठाउनका लागि प्राधिकरणले विलिङ गरेपनि सम्बद्ध कम्पनीले अदालतमा रिट दायर गरेपछि रोकिएको थियो ।

यस अघि सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट र बुटवल सिमेन्टले बैशाखमा प्राधिकरणले पठाएको बक्यौता रकम तिर्न नसक्ने भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दायर गरेका थिए । उनीहरुको रिटसँगै अदालतले तत्कालका लागि उक्त बक्यौता रकम असुल नगर्न अन्तरिक आदेश जारी गरेको थियो ।

तर, उक्त रिट माथीको बुधबार भएको सुनुवाईले यस अघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिई न्यायाधीश नारायणप्रसाद पोखरेल र हरीप्रसाद पौडेलेको संयुक्त इजलासले रिट खारेज गरेसँगै प्राधिकरणलाई बक्यौता रकम उठाउने बाटो खुलेको हो ।

अदालतको उक्त निर्याणसँगै उक्त उद्योगले ट्रक लाईन प्रयोग गरे वापतको तिर्नुपर्ने बक्यौता रकम तुरुन्त असुल गरिने जानकारी दिएको छ । ४ उद्योगबाट प्राधिकरणले ५२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको छ ।


यस अघि पाटन उच्च अदालतले पनि विभिन्न १२ उद्योगको रिट खारेज गर्दै प्राधिकरणलाई ट्रक लाईनबापतको बक्यौता रकम उठाउन बाटो खुला गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL