Logo

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आज देखि सुरु, ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको मोडालिटी टुंग्याउने

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आज देखि सुरु, ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको मोडालिटी टुंग्याउने



काठमाडौं । नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठकमा भारतसँग ऊर्जासम्बन्धी विभिन्न विषयमा छलफल र सहमतिको प्रयास हुनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले उक्त बैठकको नेतृत्व गर्ने भएको छ ।

मन्त्रालयका अुनसार बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायतका विषयमा सहमति जुटाउने छ । त्यस्तै न्यु बुटवल–न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी समेत टुंग्याउने प्रयास गर्ने भएको छ ।

यस्तै कटैया–कुशाहा र रक्सौल परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे छलफल गर्ने नेपालको तयारी रहेको छ । साथै नेपाल भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारे पनि बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL