Logo

दशैं नजिकिएसँगै बजार अनुगमन तीव्र, ३ महिनामा ४५ पसलमा सिलबन्दी २४ लाख जरिवाना

दशैं नजिकिएसँगै बजार अनुगमन तीव्र, ३ महिनामा ४५ पसलमा सिलबन्दी २४ लाख जरिवाना



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले दशैं लगायतका चाडपर्वहरु नजिकिएसँगै बजार अनुगमन तीव्र पारेको छ । मन्त्रालयले साउन देखि असोजको ९ गतेसम्म ४ सय १ ओटा पसलमा अनुगमन गरिसकेको जानकारी दिएको छ ।

मन्त्रालयले गरेको उक्त अनुगमनमध्ये १ सय ७४ ओटा पसललाई २४ लाख ४७ हजार रुपैयाँ जरिवाना समेत तोकेको जानकारी दिएको । जसमध्ये मन्त्रालयले असोजको ९ गतेसम्म मात्रै २५ पसलहरुलाई जरिवाना गरेको हो ।

मन्त्रालयले असोज १३ गतेदेखि उपत्यकाका विभिन्न स्थानबाट ३ हजारओटा खसीबोका विक्री वितरण गर्ने समेत जानकारी दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजारओटा खसीबोका तथा च्यांग्रा खरिद गरी सुपथ मूल्यमा वितरण गर्न लागेको हो ।

उद्योग मन्त्रालयले असोजको ९ गतेसम्म मात्रै ९१ ओटा पसलमा अनुगमन गरिसकेको जानकारी दिएको छ । उक्त अनुगमनमा प्रायजसो व्यापारीहरुले उपभोक्तालाई ठग्ने, बढी पैसामा वस्तु विक्री गर्ने पाईएपछि अनुगमन टोलीले त्यस्ता व्यापारीलाई जरिवाना, सिलबन्दी लगायतका कार्बाही गरिरहेको छ । पछिल्लो ३ महिनामा ४५ ओटा पसललाई सिलबन्दी गरिसकिएको अनुगमन टोलीले जानकारी दिएको छ । यस्तै जरिवाना गरिएको पसलहरुबाट भने अनगमन टोलीले २४ लाख ४७ हजार रुपैयाँ उठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL