Logo

अपर नौगाड बाट विद्युत उत्पादन सुरु, असोज १० देखि राष्ट्रिय प्रसारण लाईनमा जोडिदै

अपर नौगाड बाट विद्युत उत्पादन सुरु, असोज १० देखि राष्ट्रिय प्रसारण लाईनमा जोडिदै



काठमाडौं । अपि पावर कम्पनीको दोस्रो परियोजना अपर नौगाड जलविद्युतबाट विद्युत उत्पादन सुरु भएको छ । कम्पनीले ८ मेगावाटको उक्त आयोजना निर्माण सम्पन्न गरी सोमबार बाट उत्पादन सुरु गरेको हो ।

आयोजनाले परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने जानकारी दिएको छ । २०७३ असोजमा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १ अर्ब ६० करोड रुपैइाँ रहेको छ । आयोजनाले बार्षिक ४ दशमलव ८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्नेछ ।

यसमध्ये सुख्खा महिनामा १ दशमलव १४ करोड र बर्षातका चार महिनाहरुमा ३ दशमलव ७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL