Logo

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः थापा, सर्वसम्मतीमा चुनियो कार्यसमिति

सिमेन्ट उत्पादक संघको अध्यक्षमा पुनः थापा, सर्वसम्मतीमा चुनियो कार्यसमिति



काठमाडौं । सिमेन्ट उत्पादन संघको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन । बिहीबार संघको निर्वाचन समितिले गरेको निर्वाचनमा उनी सर्वसम्मतीले पुनः अध्यक्षमा निर्वाचित भएका हुन ।

समितिको निर्वाचनमा संघको उपाध्यक्षमा अग्नि सिमेन्टका ईन्जिनियर तारा प्रसाद पोख्रेल निर्वाचित भएका छन । यस्तै अन्य उम्मेदवारमा विशाल सिमेन्टका जयचन्द्र चुडाल महासचिवमा निर्वाचित भएका छन ।

यस्तै अन्य ५ जना सदस्यमा भने युनाईटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, ईन्टरनेशनल सिमेन्टका राजन कुमार झा, केपी सिमेन्टका केशव प्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भएका हुन । यस्तै अध्यक्षमा निर्वाचित थापा भने कसमस सिमेन्टका ईन्जिनियर हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL