Logo

५ बर्षमा व्यापारघाटा सवा ६ खर्बले बढेर १३ खर्ब पुग्यो, व्यापारघाटा घटाउने औजारले गर्ला त काम ?

५ बर्षमा व्यापारघाटा सवा ६ खर्बले बढेर १३ खर्ब पुग्यो, व्यापारघाटा घटाउने औजारले गर्ला त काम ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्ला केही बर्षमा नेपालको व्यापारघाटा डरलाग्दो तरिकाले अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्ला ५ बर्षमा मात्रै नेपालको कूल व्यापारघाटा ६ खर्ब ३२ अर्बले विस्तार भएको छ ।

आर्थिक बर्ष २०७१ ७२ मा नेपालको व्यापारघाटा जम्मा ६ खर्ब ८९ अर्ब ३७ करोड रुपैयाँ थियो । सो बर्ष व्यापारघाटा १० दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । यस्तै आव २०७२ ७३ मा व्यापारघाटा पुनः जम्मा २ प्रतिशतले बढ्दै ७ खर्ब ३ अर्ब पुगेको थियो । यो बर्ष भने व्यापारघाटा त्यती धेरै उकालो लागेको देखिदैन ।

आव २०७३ ७४ मा भने एकाएक ३० प्रतिशतले व्यापारघाटा उकालो लागेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार उक्त बर्ष नेपालको व्यापारघाटा ९ खर्ब १७ अर्व पुगेको छ । तर त्यसपछिका बर्षहरुमा नेपाल सरकारका विभिन्न पहलहरुमा व्यापारघाटा कम गर्ने औजारहरुको वारेमा चर्चा गर्न थालियो । तर पनि नेपालको व्यापारघाटा प्रतिबर्ष बढ्ने क्रम रोकिएन ।

आव २०७४ ७५ मा व्यापारघाटा पुनः २६ प्रतिशतले बढेर साढे ११ खर्ब बढि पुग्यो । सरकारले व्यापारघाटा कम गर्ने औजार भन्दै व्यवसायीलाई विभिन्न सहुलियत, छुट, निर्यातमा अनुदान, आयातमा कडाई लगायतका विषयलाई अघि सार्दा पनि गत आवमा व्यापार घाटा पुनः १३ दशमलव ५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष व्यापारघाटा १३ खर्ब २१ अर्ब माथि पुगेको छ । यो तथ्याङ्कले व्यापारघाटा घटाउन प्रयोग भएका सरकारका विभिनन औजारले समेत केही हदसम्म काम गरेको देखिन्छ ।

पछिल्ला ३ बर्षमा मात्रै व्यापारघाटाको वृद्धिदरमा समेत केही कमि आएको देखिन्छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा पनि व्यवसायीलाई सहज र निर्यात प्रवर्द्धन हुनेगरी विभिन्न सहुलियतका कार्यक्रमहरु समावेश गरेको छ । सोही अनुसार व्यवसायी तथा उद्यागीहरु पनि नेपाली उत्पादन निर्यात गर्न लागि परेका छन ।

यस्तै व्यापारघाटामा सबैभन्दा ठुलो हिस्सा ओगटेको पेट्रोलियम पदार्थको आयातलाई घटाउन विद्युतीय खपतलाई प्राथमिकता दिईने भएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरण, उर्जा मन्त्रालय लगायतका निकायहरु लागिपरेका छन । साथै व्यापारघाटा बढाउने अन्य केही वस्तुहरुलाई पनि सोही अनुसार घटाउने सरकारले कार्ययोजना बनाएको छ ।

गत आर्थिक बर्ष १४ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वस्तु विभिन्न देशबाट नेपाल आयात भएका छन । जसमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान लगायत वस्तुहरुको ठुलो हिस्सा रहेको छ । साथै सो आवमा नेपालबाट भने जम्मा ९७ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । उक्त अवधिमा नेपालबाट धेरै निर्यात हुने वस्तुमा पाम आयल, जुटका सामान, पोलिष्टर यार्न लगायतका बस्तुहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL