Logo

ईनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि, माग भन्दा बढी विद्युत आपुर्ती

ईनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि, माग भन्दा बढी विद्युत आपुर्ती



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै उक्त क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको ट्रान्सफर्मर हटाएर १६ एमभिएको नयाँ ट्रान्सफर्मर जडान भएको वितरण केन्द्रका प्रमुख इ सञ्जीवकुमार साहले जानकारी दिए । ग्राहकको मागअनुसार विद्युत् उपलब्ध गराउन समस्या भइरहेका बेला नयाँ १६ एमभिएको ट्रान्सफर्मर जडान भएपछि अब पर्याप्त मात्रामा विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख साहले बताए ।

अहिले केन्द्रमा १६ एमभिए क्षमता थियो । दुइै वटा आठ÷आठ एमभिएका गरेर जम्मा १६ एमभिएका ट्रान्सफर्मर रहेकामा एउटा आठ एमभिएको ट्रान्सफर्मर हटाइएको र त्यो ठाउँमा एउटा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको केन्द्रका प्रमुख साहले जानकारी दिए ।

केन्द्रमा १६÷१६ एमभिए क्षमताका नयाँ ट्रान्सफर्मर जडान भएपछि अब इनरुवा केन्द्रमा २४ एमभिए क्षमता भएको केन्द्रले जनाएको छ । अत्याधिक लोडका कारण विद्युत् सहज आपूर्ति हुनका लागि समस्या हुँदै आएकामा अब त्यो समस्याबाट स्थानीय मुक्त भएका केन्द्रका प्रमुख साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL