Logo

नेपालमा जाँच गरेको कृषिजन्य वस्तुले भारतमा मान्यता पाउने, भारतीय वस्तु नेपालमा जाँच्न नपर्ने

नेपालमा जाँच गरेको कृषिजन्य वस्तुले भारतमा मान्यता पाउने, भारतीय वस्तु नेपालमा जाँच्न नपर्ने



काठमाडौं । निर्यातको समयमा नेपालमा जाँच गरेका विभिन्न कृषिजन्य बस्तुले भारतमा समेत मान्यता पाउने भएका छन । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिएपछि उक्त मान्यता पाईने भएको हो । उक्त प्रतिवेदनलाई दुबै देशले मान्यता दिने भएका छन ।

हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच उक्त सहमति भएको हो । सहमति अनुसार भारतको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीले नेपालमा मान्यता पाउने भएको छ ।

भारतीय सरकारको ‘फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया’ को हालैको निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरि मान्यता पाउने भएको हो ।

सो सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ खाद्यपदार्थ, फलफूल तथा तरकारीले भारतीय बजारमा सहज पवेश पाउने भए पछि नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ ।

यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न समेत योगदान पुग्ने चेम्बरको विस्वास रहेको छ ।

सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, नुडल्सलगायतका रहेको छ ।

‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने भएको छ ।

नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचको लागि चेम्बरले पहिलेदेखी उठाउँदै आएको छ ।

नेपाली लेबोरेटोरीले गरेको परिक्षणलाई मान्यता दिनेकार्य समय सान्र्दभिक, उचित एंव स्वागतयोग्य कदमको रुपमा लिदै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा लिईएको चेम्बरको विज्ञप्तीमा उल्लेख छ ।
प्रत्येक भन्सार बिन्दुमा आधुनिक तरीकाबाट क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानमा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने चेम्बरले विस्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL