Logo

महासंघ अध्यक्ष राणाले भनिन्, ‘संयोजकबाट ढकालले राजीनामा दिनु भएको छैन, अनावश्यक हल्ला फैलाइयो’

महासंघ अध्यक्ष राणाले भनिन्, ‘संयोजकबाट ढकालले राजीनामा दिनु भएको छैन, अनावश्यक हल्ला फैलाइयो’



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले विधान संशोधन समितिका संयोजक चण्डिराज ढकालले पदबाट राजीनामा नदिएको बताएकि छिन् ।  संयोजक ढकालले राजीनामा दिएको हल्ला आएसँगै उनले बिजखबरसँगको कुराकानीमा राजीनामा नदिएको स्पष्ट पारेका हुन् । 


बुधबार भएको महासंघको केन्द्रिय समितिको बैंठकमा विधान संशोधनको मिति तोक्ने विषयमा विवाद भएपछि ढकालले पदबाट राजीनामा दिएको हल्ला आएको थियो । तर, अध्यक्ष राणाले भने ढकालले राजीनामा नदिएको बताएकि हुन् । 


यसैगरी विधान संशोधन समितिका ढकाल पनि आफुले पदबाट राजीनामा नदिएको बताएका छन् । ‘यदि मैले राजीनामा नै दिने हो भने सधारणसभा समक्ष पेश गर्नुपर्छ महासंघ कार्य समितिलाई होइन किनकि म साधारणसभाबाट संयोजक चुनिएर आएको हुँ,’ उनले भने । 


आफुले राजीनामा नै नदिएको विषयलाई लिएर अतिरञ्जित गर्न खोजिएको समेत उनले जानकारी दिए । ‘अहिले विधान संशोधनलाई असफल बनाउन लागि परेका केही झुण्डले म विरुद्ध संडयन्त्र गरिरहेका छन्,’ उनले भने, ‘चण्डिराज ढकाल राजीनामा दिएर भागेर हिड्ने व्यक्ति होइन सफल रुपमा विधान संशोधन गरेरै छाड्छ ।’ साथै महासंघ साधारणसभाले दिएको कार्यभारबाट पछि नहट्ने समेत उनको दावी थियो ।


साधारणसभाले आफुलाई विधान संशोधनका लागि संयोजक बनाएको र सोही अनुरुप कात्तिक २९ गतेलाई मिति समेत तय भैसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL