Logo

घरेलु तथा साना उद्योगलाई अर्थमन्त्रीको आश्वासन, प्यान र भेहिकल ट्रयाकिङ सिस्टमलाई सरलीकृत गर्दै कार्यान्वयन गरिने

घरेलु तथा साना उद्योगलाई अर्थमन्त्रीको आश्वासन, प्यान र भेहिकल ट्रयाकिङ सिस्टमलाई सरलीकृत गर्दै कार्यान्वयन गरिने



काठमाडौं । सरकारले प्यान, बैंकमार्फत तलब, ढुवानीमा भिसीटीएस लगायतका नियमको कार्यान्वयनलाई सरलीकृत गरी कार्यान्वयनमा ल्याएने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले हालै लागु भएका प्यान, बैंकमार्फत तलव मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लगायतका नियमहरु लागु गर्न कार्यदल गठन गरिएको भन्दै यसलाई सरलीकृत गरेर मात्रै कार्यान्वयनमा ल्याउने बताएका हुुन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतीवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका हुन ।

महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको जानकारी दिएका छन ।

यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मक समेत रहेको भनाई राख्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)लगायतलाई सरलीकृत गर्ने बताएका छन ।

नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्राविधिक सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिएका छन ।

तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघले आग्रह गरेको थियो । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।

आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य (प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था तत्काल नरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL