Logo

नेपाल चेम्बर र जर्जीया चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापार विस्तारमा सहयोगिको भुमिका

नेपाल चेम्बर र जर्जीया चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापार विस्तारमा सहयोगिको भुमिका



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र जर्जीया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिली को समुपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटिया बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायीक अवसरहरुले संंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

९ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने उल्लेख छ ।

कार्यक्रममा नेपाल चेम्त्रर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने जानकारी दिएका छन । आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, बैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भैसकेको जानकारी दिदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताउनुभयो । उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताको लागि अनुरोध गरेका छन ।

कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्धार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताउँदै नेपालले पनि जर्जियाको अनुभबबाट समग्र समाजिक सेवा विस्तार गर्नुपर्ने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL