Logo

माथिल्लो तामाकोशी संचालक निर्वाचन अनिश्चितकालका लागि स्थगित, अदालतको फैसलापछि मात्र अर्को निर्वाचन

माथिल्लो तामाकोशी संचालक निर्वाचन अनिश्चितकालका लागि स्थगित, अदालतको फैसलापछि मात्र अर्को निर्वाचन



काठमाडौं । माथिल्लो तामोकोशी जलविद्युत आयोजनाको सर्वसाधारण संचालकको निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको छ । आयोजनाले सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनको आदेशमा उक्त निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

उच्च अदालत पाटनले कम्पनीको ११ औं साधारण सभाको सुचनामा महिला संचालक सम्बन्धी कुनैपनि विषयवस्तु नसमेटिएको भन्दै अर्काे निर्णय नआउँदासम्मका लागि उक्त निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएको हो । अदालतले ऐनमा महिलाका लागि संचालक पद छुट्याई निर्वाचन गराउनुपर्ने भएपनि आयोजनाको सुचनामा भने उक्त कुुरा समावेश नगरिएको भन्दै उक्त निर्वाचन स्थगित गरेको हो ।

संचालक पदका १२ जना उम्मेदवारमध्ये गोसाईँ केशीले उच्च अदालत पाटनमा उपयुक्त आदेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका थिए । पाटन स्थित उच्च अदालतले उक्त पदमा १ जना महिला संचालकका लागि अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन अघि नबढाउन आदेश दिएको छ ।

यस अघि असार ११ गते गणपुरक संख्या नपुगेको भन्दै निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिले असार १७ गते अर्को सूचना प्रकाशित गर्दै असार ३१ गतेका लागि अर्को मिति तय गरेको थियो । तर, आज साधारणसभाका लागि गणपुरक संख्या पुगेपनि अदालतको आदेशले निर्वाचन हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
MBL