Logo

पञ्चकन्याको डेकिङ सिट बजारमा, निर्माण कार्यमा सस्तो र सहज

पञ्चकन्याको डेकिङ सिट बजारमा, निर्माण कार्यमा सस्तो र सहज



काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले ग्यालभनाइज्ड डेकिङ सिट बजारमा ल्याएको छ । कम्पनीले निर्माण कार्यमा प्रयोग हुने उक्त सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको हो ।

विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको उक्त सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको कम्पनीले जानकारी दिएको छ । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मुल्यमा समेत किफायति हुने कम्पनीको भनाई छ ।

तौलमा हलुका विशेषता रहेका यि सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता मानिन्छन् । कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्दछ साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL