Logo

माथिल्लो तामाकोशीको साधारण सभा असार ३१ मा, विधान संशोधन गरेरै अघि बढने आयोजनाको तयारी

माथिल्लो तामाकोशीको साधारण सभा असार ३१ मा, विधान संशोधन गरेरै अघि बढने आयोजनाको तयारी



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ ।

बुधबार हुने भनिएको साधारणसभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । तर, कम्पनी संचालक समितिले पुनः अर्को मिति यही असार ३१ गतेलाई तोकेको हो । जसरी भएपनि असार ३१ गते कम्पनीको सधारणसभा गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

कम्पनीको विधान अनुसार साधारणसभा हुनका लागि ६० प्रतिशत सेयर होल्डर चाहिन्छ । तर सो संख्या नपुगेपछि पछि ३१ गतेको लागि सारिएको हो । अब दोस्रो पटक माथिल्लो तामाकोशीको साधारणसभा गर्नका लागि कोरम नपुगे विधान नै संशोधन गरेर भए पनि सभा गर्ने न्यौपानेले जानकारी दिएका छन ।

विधान संशोधनसँगै साधरणसभा गर्नका लागि ५१ प्रतिशत सेयर सदस्य भए पुग्नेछ । जसका लागि संस्थागत लगानीकर्ताहरुमात्र उपस्थित भएमात्र पुग्ने कम्पनीले जानकारी दिएको छ । माथिल्लो तामाकोशीको असार ३१ गतेको साधरण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट ४ जना संचालक निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL