Logo

कोरम नपुगेपछि पछि धकेलियो माथिल्लो तामाकोशीको संचालक चयन, अर्को साधारणसभा असारभित्रै

कोरम नपुगेपछि पछि धकेलियो माथिल्लो तामाकोशीको संचालक चयन, अर्को साधारणसभा असारभित्रै



काठमाडौं । माथिल्लो तामाकोशीको साधारणसभा पछि धकेलिएको छ । कम्पनीले आजका लागि साधारणसभाको मिति तोकेपनि कोरम नपुगेपछि साधारण सभाको म्याद सारिएको छ ।

कम्पनीको विधान अनुसार साधारणसभा हुनका लागि ६० प्रतिशत सेयर होल्डर चाहिन्छ । तर सो संख्या नपुगेपछि पछि सारिएको हो ।

अब दोस्रो पटक माथिल्लो तामाकोशीको साधारणसभाका लागि ५१ प्रतिशत सेयर सदस्य भए पुग्नेछ । जसका लागि संस्थागत लगानीकर्ताहरुमात्र उपस्थित भएमात्र पुग्नेछ ।

माथिल्लो तामाकोशीको आज हुने साधारणसभाले सर्वसाधारण सेयर धनीका तर्फबाट ४ जना संचालक निर्वाचित हुने थिए । तर, साधारणसभाका लागि संख्या नपुगेपछि उक्त निर्वाचन समेत पछिका लागि सारिने भएको छ ।

सकभर एक हप्ता नभ्याएमा यही असार मसान्त सम्ममा साधारणसभा गराएर सर्वसाधारण सेयर धनीका तर्फबाट संचालक चयन गरिने कम्पनीका आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL