Logo

सरप्लस हुने बिजुली भारत र बंगलादेशमा बेच्ने तयारी, सरकारको सहयोग आवश्यक

सरप्लस हुने बिजुली भारत र बंगलादेशमा बेच्ने तयारी, सरकारको सहयोग आवश्यक



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (ईप्पान) ले नेपालको बिजुली भारत किन्न सहमत भएपनि सोही अनुसार पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारले स्विकृती दिनुपर्ने जानकारी दिएको छ । मंगलबार ईप्पानको कार्यलयमा भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शैलेन्द गुरागाईँले भारत तथा बंलगादेश नेपालको विद्युत खरिद गर्न ईच्छुक भएको जानकारी दिएका हुन ।

तर सोही अनुसार नेपालका तर्फबाट काम तथा आयोजना हरु अघि बढ्न नसकेको उनले जानकारी दिएका छन । नेपाल सरकारले जलविद्युतका आयोजना निर्माण गर्नका लागि विभिन्न क्षेत्रमा नीतिगत रुपमा रोकावट हुँदा आयोजनाका कामहरु अघि बढ्न नसकेको उनको भनाई छ । हाल नैपालमै विभिन्न किसिमका आयोजनाका कामहरु अघि बढिरहेका छन । जसको फलस्वरुप ४ देखि ५ बर्षमा नेपालको विद्युत २४ सै घण्टा सरप्लस हुने ईप्पानको भनाई छ ।

तर सोही अनुसार नेपालको विद्युत खपत भने नहुने र विद्युत सरप्लस भएपछि विद्युत खेर जाने अवस्था आउने देखिएपछि भारत र बंगलादेशसँग नेपालको विद्युत बेच्ने प्रक्रिया आजै देखि थालेको ईप्पानका अध्यक्ष गुरागाईँले जानकारी दिए ।

उनका अनुसार हाल ११ हजार मेगावाट बराबर क्षमताका आयोजना पीपीएको चरणमा रहेको ५ हजार मेगावाट क्षमताका आयोजना निर्माण चरणमा रहेको र सोही अनुसार नयाँ आयोजनाहरु पनि सम्झौताको पर्खाईमा रहेकाले नेपाललाई खपत हुनेभन्दा बढी लजविद्युत बाहिर पठाउने प्रक्रिया अघी बढाईएको हो ।

ईप्पानको एक टोली हालै बंगलादेश र भारतको भ्रमणमा रहेका बेला बंगलादेश तथा भारत पक्षले नेपालबाट विजुली किन्ने सम्बन्धी सहमति जनाएको ईप्पानको भनाई छ । ईप्पानका अनुसार भारतले प्रतियुनिट ७ रुपैयाँ र बंगलादेशले प्रतियुनिट १० रुपैयाँभन्दा माथी तिरेर विजुली किन्ने धारणा व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL