Logo

नेउवा महासंघ र फ्रेन्च विजनेश कन्फिडेरेशनबीच सम्झौता, नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

नेउवा महासंघ र फ्रेन्च विजनेश कन्फिडेरेशनबीच सम्झौता, नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह



नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको विजनेश कन्फिडेरेशन (मेडेफ इन्टरनेशनल) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार एक कार्यक्रमकाबीच पेरिसमा उक्त सहमतीपत्र
मा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्यमा सहयोग पुग्ने महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिईन ।

आपसी सहमतीपत्रमा, एक अर्कामा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्नेलगायत विषय उल्लेख छ । साथै प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।

समारोहमा प्रधानमन्त्री ओलीले महासंघ र मेडेफ इन्टरनेशनलबीचको समझदारीले दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । फ्रान्सेली उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको सो उच्चस्तरीय व्यवसायिक भेटवार्ता कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका थिए । साथै उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारेका थिए ।

सम्झौता नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमती कोशेढुंगा हुने दावी गर्दै अध्यक्ष राणाले सहमतीपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरंश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता रहेको समेत बताईन । अध्यक्ष राणाले नेपाललाई वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने समेत फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL