Logo

अर्घाखाँची पीपीसी सिमेन्ट बजारमा, एउटै उद्योगभित्र दुईथरी सिमेन्ट उत्पादन

अर्घाखाँची पीपीसी सिमेन्ट बजारमा, एउटै उद्योगभित्र दुईथरी सिमेन्ट उत्पादन



काठमाडौं । ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले पीपीसी सिमेन्ट पनि बजारमा ल्याएको छ । कम्पनीले नेपाल सरकारले तोकेबमोजिमको मापदण्ड पुरा गरी शुक्रबारदेखि पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको हो ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले उक्त सिमेन्ट बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पीपीसी सिमेन्टको उत्पादन थालेको बताएको छ ।

कम्पनीले हाल एफएल स्मिथको डेनिस भीआरएम मेशिनबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाईन मार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने सम्भवत यो नेपालकै पहिलो सिमेन्ट कम्पनी हो । उक्त सिमेन्टको औपचारिक सार्वजनिक कार्यक्रममा सिमेन्टको गुणस्तर तथा तौलमा कुनै सम्झौता नगरेको कम्पनीका निर्देशक पशुपति मुरारकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL