Logo

गहुँको पिठोमा भ्याट लगाउँदा उद्योगी चिन्तित, भ्याटको नियम फिर्ता गर्न माग

गहुँको पिठोमा भ्याट लगाउँदा उद्योगी चिन्तित, भ्याटको नियम फिर्ता गर्न माग



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा गहुँको पिठो आँटामा समेत मुल्य अभिवृद्धी कर(भ्याट) लगाईएपछि आँटा उद्योगी मर्कामा परेका छन । सरकारले आगामी बर्षको बजेटमा आँटामा भ्याट लगाईएपछि विदेशी आँटासँग प्रतिश्पर्धा गर्न नसक्ने हुँदा विभिन्न ३८ ओटा स्वदेशी मैदा उद्योगहरु जोखिममा परेको उद्योगीहरुको भनाई छ । नेपाल मैदा संघले एक विज्ञप्ती जारी गर्दै उक्त भ्याटको नियम फिर्ता लिन आग्रह समेत गरेको छ ।

संघले गहुँको पिठो नेपाली समाजमा दैनिक जिवनमा नभैनहुने अत्यावश्यक खाद्य बस्तु भएकाले गहूँको खपत गरेर कृषिको क्षेत्रमा योगदान दिईरहेका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै आपत्ती जनाएको छ । सरकारले गहुँको पिठोमा भ्याट लगाएपछि भारतबाट बैध तथा अबैध रुपमा आउने पिठोको मूल्य कम भएर नेपाली पिठोको खपतमा कमि आउने संघको धारणा छ ।

सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुंदा मैदा उद्यमीहरु निरुत्साहित बनेका छन ।
सरकारी नीतिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प नभएको संघले जानकारी दिएको छ ।

सरकारले अघिल्लो बर्षको बजेटमा मैदामा भ्याट लगाएको थियो यस्तै आगामी बर्षको बजेटमा पिठोमा समेत भ्याट लगाउँदा पिठोको मूल्य प्रतिकिलो ५ देखि ६ रुपैयाँले बढ्ने भएको छ । पिठो उद्योगीहरुले विभिन्न विलासिताको वस्तु तथा खाद्य बस्तुमा करको दायरा एउटै भएकाले यसमा राखिएको भ्याटको नियम फिर्ता लिन सरकारसँग आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL