Logo

नेपाल र अस्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधिमा सहकार्य गर्न सम्झौता, संयुक्त कार्यान्वयन समुह गठन

नेपाल र अस्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधिमा सहकार्य गर्न सम्झौता, संयुक्त कार्यान्वयन समुह गठन



काठमाडौं । नेपाल र अस्ट्रियाबीच जलविद्युत् पूर्वाधार प्रविधिमा सहकार्य गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको बताएका छन । नेपालका तर्फबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र अस्ट्रियाका तर्फबाट ट्रान्सपोर्ट इनोभेसन तथा प्रविधि भाइस मिनिष्टर उन्ड्रेस रेइर्चाडले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि आपसी हित र आर्थिक विकासमा विद्युत परियोजनाहरुको पहिचान र कार्यन्वयन गर्न संयुक्त कार्वान्ययन समुह बनाएर काम अघि बढाइने भएको छ । त्यस्तै उनले भियनाममा संयुक्त राष्ट्र औधोगिक विकास संगठनका उपाध्यक्ष लगायतका समुहसँगको भेटमा नेपालको जलविद्युत क्षेत्रका आयोजनाहरुको विकासमा सहयोग गर्न छलफल समेत भएको छ ।

अन्तरराष्ट्रिय ऊर्जा सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्किएका मन्त्री पुनले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । फ्रान्सको पेरिसमा भएको वल्र्ड हाईड्रोपावर कंग्रेसमा मन्त्री पुनले ७० देशका ७ सय ५० प्रतिनिधि सहभागी सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उनले भ्रमणका क्रममा समकक्षीहरु अमेरिकन हाइड्रोपावर एसोसिएसनका हर्वी जोन्सन, इन्टरनेशनल कमिसन अन लार्ज ड्याम (आईसीओएलडी) का माइकल बिलगिलिंग र माकल लिनुलगायतसँग भेटवार्ता गरी नेपालको जलविद्युतको सम्भावना, लगानी, व्यापार र यसको भविष्यबारे छलफल गरेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणकै क्रममा मन्त्री पुनले अमेरिकामा उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रिय उर्जा ईन्टरकनेक्सन आवश्यक रहेको बताएका छन । उनले संयुक्त राष्ट्रसंघको मुख्यालयमा राष्ट्रसंघका उपमहासचिव लिउझेनमिनसँग भेटवार्ता गरी युएन र नेपाल सरकारका सहकार्यमा दिगो विकासका क्षेत्रमा गर्न सकने सहकार्यका बारेमा समेत छलफल गरेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL