Logo

विदेशी लगानीको न्यूनतम सीमा १० गुणा बढ्यो, साना उद्योगमा नेपालीलाई प्राथमिकता

विदेशी लगानीको न्यूनतम सीमा १० गुणा बढ्यो, साना उद्योगमा नेपालीलाई प्राथमिकता



काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा बढाएको छ । हालसम्म विदेशी लगानीकर्ताका लागि न्युनतम सीमा ५० लाख रुपैयाँ रहेकोमा उक्त सिमा बढाएर ५ करोड रुपैयाँ पुर्याईएको हो ।

बिहीबार मन्त्रिपरिषदका पछिल्ला निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार, सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कुराको जानकारी दिएका हुन । उनका अनुसार ५० लाख रुपैयााँ भन्दा कम लगानीका विदेशी कम्पनी नेपालमा आवश्यक नरहेको भन्दै मन्त्रिपरिषदले उक्त निर्णय स्वीकृत गरेको हो ।

५० लाख रुपैयाँ भन्दा कम लगानीका उद्योग नेपालीकै लगानीमा सम्भव भएकाले उक्त निर्णय स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL