Logo

शिवम सिमेन्टको नाफामा सामान्य वृद्धि, ९ महिनामा कमायो १ अर्ब ५ करोड

शिवम सिमेन्टको नाफामा सामान्य वृद्धि, ९ महिनामा कमायो १ अर्ब ५ करोड



काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । कम्पनीले गत आबको तेस्रो त्रैमासमा ९३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा रहँदा प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८८ पैसा छ ।

कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्काशन गर्दा प्रिमियमबापत जगेडा कोषमा ९४ करोड २ लाख रुपैयाँ जम्मा गरेको थियो । हाल कम्पनीको जगेडा कोषमा ३ अर्ब ४४ करोड ११ लाख रुपैयाँ सञ्चित भएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेको छ । कम्पनीको सिमेन्ट बिक्री खर्च भने ५ अर्ब ३७ करोड दुई लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL