Logo

शिवमले डाक्यो साधारणसभा, सर्वसाधारण समुहबाट एक जना संचालक चयन

शिवमले डाक्यो साधारणसभा, सर्वसाधारण समुहबाट एक जना संचालक चयन



काठमाडौं । शिवम् सिमेन्टले बैशाख ९ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिमा सर्वसाधारणकोतर्फबाट एक जना संचालक चयन गर्ने गरी साधारणसभा डाकेको हो ।

कम्पनीले केही समयअघि सर्वसाधारणका लागि सेयर जारी गरेको थियो । सो समुहबाट प्रतिनिधित्व गराई एक जना संचालक चयन गर्ने भएको हो ।

सर्वसाधारण समुहबाट संचालकको उम्मेदवार बन्न तथा तथा साधारणसभाबाट भाग लिनको लागि बैशाख ७ गते विहान ११ बजे भित्र दर्ता भैसक्नु पर्ने कम्पनीले नेपाल स्टक एक्स्चेञ्जमा उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट १५ दशमलव ७८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले साधारणसभामा भविष्यमा कम्पनीको क्षमता बढाउनेदेखि लिएर त्यस्तै प्रकृतिका उद्योग प्राप्ती गर्ने विषयमा छलफल गर्ने प्रस्ताव अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL