Logo

नेपालमा वैदेशिक लगानीको इतिहास, २ खर्ब ८० अर्बको प्रतिबद्धता भित्रियो १ खर्ब ७२ अर्ब

नेपालमा वैदेशिक लगानीको इतिहास, २ खर्ब ८० अर्बको प्रतिबद्धता भित्रियो १ खर्ब ७२ अर्ब



काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्रन सुरु गरेको २० बर्ष पुगेको छ । नेपालमा पहिलो पटक २०४६ असारमा ४४ करोड ९५ लाख रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।

त्यसयता करिब २० बर्षको इतिहास अर्थात चालू आबको फागुन मसान्तसम्म ९३ देशबाट २ खर्ब ७९ अर्ब ९५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिद्धता आएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा उद्योग दर्ता भएर वैदेशिक लगानीको प्रतिवद्धता आउने क्रम उच्च रहेपनि सोही अनुरुप लगानी भने भित्र्न नसकेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सो अबधिमा करिव २ खर्ब ८० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता सहित कुल ४ खर्ब ५२ अर्बका उद्योग दर्ता भएका थिए । नेपालमा विदेशीले प्रतिवद्धता जनाएर उद्योग दर्ता गर्ने क्रम वास्तविक लगानी भने करिव १ खर्ब ७२ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगले नेपालका २ लाख ५२ हजार जनतालाई रोजगारी दिने समेत उल्लेख गरिएको छ ।

नेपालमा विदेशी लगानीकर्ताले उद्योग तथा व्यवसाय गर्नका लागि उद्योग विभागमा फर्म दर्ता गरेपनि सोही अनुरुप लगानी भने नल्याउने गरेको उद्योग विभागले जानकारी दिएको छ । ‘विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गर्न उद्योग विभागका कम्पनी दर्ता गर्छन,’ विभागका एक अधिकारीले भने, ‘तर, त्यसको तुलनामा आधा लगानी पनि भित्रिएको हुँदैन ।’ उद्योग विभागका ९३ देशका लगानीकर्ताले नेपालमा लगानी भित्र्याउने उद्देश्य सहित उद्योग दर्ता गरेपनि हालसम्म करिब ४० देशबाट मात्र लगानी भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्क अनसार नेपालमा सबैभन्दा बढी लगानी भारतबाट आएको छ । हालसम्म भारतबाट ९३ अर्ब ४९ करोड रुपैयाँको लगानीको प्रतिवद्धता सहित उद्योग विभागका कम्पनी दर्ता भएका छन् । यसैगरी चीनबाट अर्ब ६४ करोड रुपैयाँको प्रतिवद्धता सहित उद्योग दर्ता भएका छन् भने चीनकै हङ्कङबाट २७ अर्ब ८१ करोड रुपैयाँको प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी अमेरिकाबाट ९ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धा सहित उद्योग दर्ता भएको छ । सो अबधिमा ब्रिटिस भर्जिनिया आईल्याण्डबाट ८ अर्ब ६ करोड, क्यानडाबाट २ अर्ब ८३ करोडको ठूला लगानीको प्रतिवद्धता सहित उद्योग विभागका कम्पनी दर्ता गरेका छन् ।

यसैगरी सो अबधिमा सबैभन्दा कम घानाबाट १० लाख ९५ हजार रुपैयाँको विदेशी लगानी प्रतिवद्धता अएको छ भने कंगो र पोर्चुगलबाट २५/२५ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

ठूला लगानीको प्रतिवद्धता सहित विदेशी लगानीकर्ताले नेपालमा उद्योग दर्ता गरेपनि सोही अनुरुप लगानी भने आउने सकेको छैन । विदेशीले नेपालमा लगानी गर्न कम्पनी दर्ता गरेपनि त्यसपछिको प्रोसेस र स्थानीय समस्याका कारण लगानी नल्याउने गरेको एक लगानीकर्ताले जानकारी दिए ।

साथै पछिल्लो समय कतिपय विदेशी लगानीकर्ताले सिमित क्षेत्रमा आफ्नो होल्डिङ राख्नका लागि पनि उद्योग तथा फर्म दर्ता गरेर बस्ने गरेको विभाग स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विदेशी लगानीकर्ताले आफ्नो होल्डिङ बढाउन नेपाली एजेन्टसँग मिलेर उद्योग तथा फर्म मात्र दर्ता गरेर बस्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL