Logo

ग्याँस उद्योगीकै लयमा ग्याँस बिक्रेता महासंघ, ६ बुँदे माग सहित आन्दोलनमा, ३० गतेबाट ग्यास वितरण बन्द

ग्याँस उद्योगीकै लयमा ग्याँस बिक्रेता महासंघ, ६ बुँदे माग सहित आन्दोलनमा, ३० गतेबाट ग्यास वितरण बन्द



काठमाडौं । ग्याँस बिक्रेता महासंघ नेपालले फागुन ३० गतेबाट ग्याँस बिक्री वितरण बन्द गर्ने निर्णय गरेको छ ।

यस अघि एलपी ग्याँस उद्योग संघले घोषणा गरेको आन्दोलनलाई समर्थन गर्दै महासंघले पनि ग्यास बिक्री बन्द गर्ने निर्णय गरेको हो । महासंघले ६ बुँदे माग राख्दै फागुन ३० गते देखी ग्यास विक्री बन्द गरेर डिलरमा भएका खाली सिलिण्डर समेत सम्बन्धित निकायमा फिर्ता गर्ने भएको छ ।

बन्द गरेर हड्ताल गर्दा सरकारले ग्यास उद्योगीलाई मुद्दा दर्ता गरेमा आफुहरु ब्यवसायनै छाडने महासंघका अध्यक्ष महेश्वर कुमार श्रेष्ठले जानकारी दिएका छन । पटक पटक तत्कालिन सरकारबाट माग सम्बोधन हुने आश्वासन पाए पनि आफ्ना मागहरु सम्बोधन नभए पछि बाध्यताबस आन्दोलनको घोषणा गर्नु परेको उनको भनाई थियो ।

महासंघले भने नेपाल एलपि उद्योग संघका जायज मागहरु तत्काल सम्बोधन गर्नु पर्ने, विक्रेता प्रमाणीकरण तत्काल सुरु गर्नु पर्ने, विक्रेता वितरक कमिसन ग्यसको मूल्यको ६ प्रतिशत हुनु पर्ने, प्रत्येक स्थानिय तहमा जनचेतना कार्यक्रम गर्नु पर्ने, डिलरमा काम गर्ने कामदारको बीमा गरिनु पर्ने तथा ग्यास विक्रेतालाई आवश्यक तालिम दिनु पर्ने मागलाई अघि सारेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL