Logo

सरकारले माग पुरा नगरेपछि पुनः कपडा उद्योग बन्द गर्दै उद्योगी, सरकारी प्रस्ताव नमान्ने चेतावनी

सरकारले माग पुरा नगरेपछि पुनः कपडा उद्योग बन्द गर्दै उद्योगी, सरकारी प्रस्ताव नमान्ने चेतावनी



काठमाडौं । नेपाल कपडा उद्योग संघले सरकारले आफ्ना माग पुरा नगरेको भन्दै कपडा उद्योगहरु पुनः बन्द गर्ने चेतावनी दिएका छन् ।

संघले केहिदिन अघि सरकारले आफ्नो आर्थिक ऐनमार्फत भ्याटफिर्ताको सुविधा कटौती गरेको भन्दै देशभर रहेका २ सय ५० भन्दा बढी कपडा उद्योग बन्द गर्दे आन्दोलनमा उत्रिएको थियो । त्यसको २ दिनपछि अर्थात मंसिर ३ गते अर्थमन्त्रालयले १० दिनभित्र उक्त समस्याको समाधान गर्ने आश्वासन दिएसँगै उद्योगीहरुले आन्दोलन स्थगित गर्दै उद्योग संचालनमा ल्याएका थिए । तर मंसिर ३ गते दिएको सरकारको आश्वासनको समय सकिएको लामो समयहुँदा पनि अर्थ मन्त्रालयबाट कुनै जानकारी नआईसकेको संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।

‘उद्योग बन्द गर्दा सरकारले हाम्रो समस्या समाधान गर्ने भन्दै आश्वासन दिएको थियो तर हाल आएर उक्त आश्वासन बदलिएको छ’, उनले भने, ‘हामीले हाम्रो लागतमा १३ प्रतिशतसम्मको अनुदान या कच्चा पदार्थको मूल्य समायोजन खोजेका थियौं तर सरकारले क्याविनेटमा भने ३ प्रतिशत मात्रै मूल्य समायोजनको प्रस्ताव पठाएको छ भन्ने सुन्नमा आएको छ ।’ यदि सरकारले हाम्रो माग पुरा नगरेर ३ प्रतिशतमा मात्र टार्न खोजेमा पुनः कपडा उद्योग बन्द गरेर आन्दोलनमा उत्रने उनको चेतावनी थियो ।

सरकारले यो बर्षका आर्थिक बजेटमार्फत कपडा उद्योगहरुले विगत २० बर्षदेखि पाउँदै आएको १३ प्रतिशत भ्याटफिर्ताको व्यवस्था हटाएको छ । सो व्यवस्था हटाउँदा उद्योग तथा कच्चा पदार्थका लागत बढ्न गई आफुले उत्पादन गरेको कपडा पनि महंगो पर्न जाने तथा विदेशि कपडासँग प्रतिश्पर्धा गर्न नसकिने उद्योगीहरुको तर्क छ । कपडाको मूल्य बढ्न जाँदा विदेशी कपडाभन्दा स्वदेशी कपडा महंगो पर्ने र कपडा नै विक्री नहुने भएपछि उद्योगीहरु आत्तिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL