Logo

नेपालमा वैदेशिक लगानीको २० बर्षे ट्रेण्ड, लगानी स्वीकृत ४ खर्ब ४४ अर्ब भित्रियो डेढ खर्ब मात्र

नेपालमा वैदेशिक लगानीको २० बर्षे ट्रेण्ड, लगानी स्वीकृत ४ खर्ब ४४ अर्ब भित्रियो डेढ खर्ब मात्र



काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले उत्साहपूर्वक उद्योग विभागका उद्योग दर्ता गराएपनि सोही अनुरुप लगानी भने भित्र्याउन सकेका छैनन् । पछिल्लो समय उद्योग विभागमा विदेशी लगानीकर्ताले नेपालमा उद्योग तथा व्यवसाय गर्नका लागि फर्म दर्ता गर्ने होडबाजी चलेपनि सोही अनुरुपको लगानी भने भित्रिन सकेको छैन ।

उद्योग विभागको तथ्याङ्क अनुसार पछिल्लो २० बर्ष अर्थात आर्थिक बर्ष २०४६/४७ देखि चालू आर्थिक बर्षको पहिलो ४ महिना सम्ममा नेपालमा ४ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति भएको छ । तर, सो रकममध्ये हालसम्म १ खर्ब ७० अर्ब रुपैयाँमात्र भित्रिएको छ ।

नेपालमा विदेशी लगानीकर्ताले उद्योग तथा व्यवसाय गर्नका लागि उद्योग विभागमा फर्म दर्ता गरेपनि सोही अनुरुप लगानी भने नल्याउने गरेको उद्योग विभागले जानकारी दिएको छ । ‘विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गर्न उद्योग विभागका कम्पनी दर्ता गर्छन,’ विभागका एक अधिकारीले भने, ‘तर, त्यसको तुलनामा एक तिहाई लगानी पनि भित्र्याएका हुँदैनन् ।’ साथै कतिपय विदेशी लगानीकर्ताले सिमित क्षेत्रमा आफ्नो होल्डिङ राख्नका लागि पनि उद्योग तथा फर्म दर्ता गरेर बस्ने गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय विदेशी लगानीकर्ताले आफ्नो होल्डिङ बढाउन नेपाली एजेन्टसँग मिलेर उद्योग तथा फर्म मात्र दर्ता गरेर बस्ने गरेका छन् । उद्योग विभागमा विभिन्न प्रक्रिया पुरा गरेर उद्योग दर्ता गरेपनि त्यस पछिका विभिन्न अप्ठ्राका कारण लगानी भने नभित्र्याउने गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय विदेशी लगानीकर्ताले नेपालमा उद्योग तथा फर्म खोलेर संचालनमा भन्दा पनि होल्ड गर्ने प्रवृत्ति बढेको छ,’ विभागका एक अधिकारीले भने ।

यसैगरी आर्थिक बर्ष २०७३/७४को फागुनमा भएको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले नेपालमा साढे १४ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर, सोमध्ये हालसम्म कुनै पनि रकम भित्रिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL