Logo

अर्थमन्त्रीको धारणाप्रति कपडा उद्योग संघको आपत्ती, भन्छन्, भ्याटफिर्ता होईन समायोजन खोजेका हौँ

अर्थमन्त्रीको धारणाप्रति कपडा उद्योग संघको आपत्ती, भन्छन्, भ्याटफिर्ता होईन समायोजन खोजेका हौँ



काठमाडौं । राजधानीमा आयोजित कार्यक्रमा अर्थमन्त्रीले कपडा उद्योगप्रति व्यक्त गरेको एक धारणाप्रति नेपाल कपडा उद्योग संघले आपत्ती जनाएको छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले संघले अर्थमन्त्रीले उठाएको ‘भ्याटफिर्ता नदिने’ विषयभन्दा समायोजनको माग उठाएको उनले जानकारी दिए ।

उनले आफ्ना बन्द रहेका उद्योगहरुमार्फत भ्याटफिर्ता नखोजेको बताउँदै समायोजनको पक्षमा रहेको जानकारी दिएका छन । ‘सरकारले २० बर्ष अगाडी देखिनै समायोजन गर्दै आएको विषयप्रति हामिहरुको आपत्ति हो’ उनले भने, ‘यस बर्षको आर्थिक ऐनमार्फत उक्त समायोजनको सुविधा कटौती भएपछि हामीले आफ्ना उद्योगहरु बन्द गर्न बाध्य भएका हौँ ।’

कपडा उद्योग संघले आफुले पाउँदै आएको सुविधा एकाएक काटिदिएको र उक्त सुविधा कटौतिले कपडा उद्योगहरु संचालन गर्न कठिन हुने भएपछि सरकारको ध्यान केन्द्रित गर्न २ सय ५० भन्दा बढी कपडा उद्योगहरु बन्द गरेका थिए । यसै विषयमा केन्द्रित रहेर अर्थमन्त्रालयले उक्त विषयको समाधान १० दिनमा खोज्ने बताएपछि पुनः उद्योगहरु बन्द भएको दोस्रो दिनदेखि संचालनमा आएका थिए ।

यस्तै अर्थमन्त्रीले बुधबार राजधानीमा आयोजित एक कार्यत्रममा कपडा उद्योगीहरुले भ्याटफिर्ता माग्दै उद्योग बन्द गरेर निहँु नखोज्न आग्रह गरेका थिए । तर, उद्योगीहरुले भ्याट फिर्ताभन्दा पनि समायोजनको माग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL