Logo

अमेरिका र चीनबीचको व्यापारिक द्धन्दको प्रभाव, खस्कियो कोरियाको सेयर बजार

अमेरिका र चीनबीचको व्यापारिक द्धन्दको प्रभाव, खस्कियो कोरियाको सेयर बजार



काठमाडौं ।  संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापारीक द्वन्दका कारण कोरियाको सेयरमा नकारात्मक असर परेको छ । सेयरमा नकारात्मक असर परेसंगै सेयर मूल्यमा पनि उत्तिकै प्रभाव परेको हो । यससंगै घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ ।

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८ सय १४ अर्ब डलर (९ सय १३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट (५८ खर्ब वन) हो ।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६ दशमलव ७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २ दशमलव २ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपकोे बजार मूल्यमा १२ दशमलव ८ प्रतिशतले कमी आएको छ ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी २ मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो ।

प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो

दक्षिण कोरियामा पछिल्लो समयको प्रचण्ड गर्मीका कारण कृषि उपजको मूल्यमा भारी वृद्धि भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६ दशमलव ५ प्रतिशतले वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।

बन्दा र मूलाजस्ता तरकारीको मूल्य आकासिएको छ, र औसतमा यस्तो मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कोरियाली मौसम विज्ञान विभागका अनुसार, बुधबार दिउँसोको तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ र यो सन् १९०७ यताकै सबैभन्दा उच्च हो ।

प्रतिक्रिया दिनुहोस्
MBL