Logo

दुई चिया उद्योग विरुद्ध मुद्दा, टोकलामा भेट्यो न्युन गुणस्तर

दुई चिया उद्योग विरुद्ध मुद्दा, टोकलामा भेट्यो न्युन गुणस्तर


रासस
0
Shares

काठमाडौं । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्ड अनुसार चिया उत्पादन नगरे पछि नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो ।

मापदण्ड अनुसार नभए पछि खाद्य निरीक्षक दिनेश ढुंगानाले झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो ।
नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्यका प्रमुख प्रमोद कोइरालाले जानकारी दिएका छन ।

कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोकला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL