Logo

माथिल्लो भोटेकोशीको पुनर्निर्माण शुरु, ७ अर्बमा सिनो हाइड्रोसँग सम्झौता

माथिल्लो भोटेकोशीको पुनर्निर्माण शुरु, ७ अर्बमा सिनो हाइड्रोसँग सम्झौता


बिजखबर संवाददाता
27
Shares

चौतारा । माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माणकार्य शुरु भएको छ । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले क्षतिग्रस्त भई तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको सो आयोजनाको पुनर्निर्माण शुरु भएको हो ।

निर्माणकार्य शरु भएपनि सो आयोजनको सम्पूर्ण काम सकिने अर्झै २ लाग्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट ५ वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्ने भएको छ ।

आयोजना पुनर्निर्माणका लागि चीनको सिनो हाइड्रो कम्पनीसँग ७ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको कम्पनीका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए । साथै सम्झौता अनुरुप उक्त आयोजनाको पुनर्निमाण २ बर्षमा सक्ने लक्ष्य लिइएको छ ।

२०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुुयाएपछि झण्डै ४ महिना आयोजनाबाट उत्पादन बन्द भएको थियो । त्यसपछि मर्मत गरेर संचालनमा ल्याएपनि २०७२ सालको भूकम्पले तथा २०७३ साल असारमा आएको बाढीका कारण ठूलो क्षति पुगेको र लगानीका हिसाबले नयाँ निर्माण आयोजना निर्माण गर्नु सरह भएको कार्यकारी निर्देशक स्थापितले बताए ।

बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३ दशमलव ५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो ।

बाढीले सुरुङ मार्गबाहेक बाँधस्थल, विद्युत् गृह, पेनस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र र विद्युत् गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुुर्याएकाले मर्मत तथा नयाँ निर्माण गर्न पर्ने आयोजनाले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL