Logo

उद्यमशीलता तालीम सम्पन्न, उद्योगको विकाशविना अर्थतन्त्रले गति नलिने मन्त्री बस्नेतको भनाइ

उद्यमशीलता तालीम सम्पन्न, उद्योगको विकाशविना अर्थतन्त्रले गति नलिने मन्त्री बस्नेतको भनाइ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२२ माघ, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले आर्थिक, सामाजिक रुपान्तरण तथा उद्योगको विकास विना अबको क्रान्ति सम्भव नहुने बताए । बिहीवार उद्यमशीलता विकास तालीमको समापन कार्यक्रमलाई सम्बोधन गदैँ मन्त्री बस्नेतले क्रान्तिको परिभाषा परिवर्तन भएको बताए ।

‘क्रान्ति राजनीतिक परिवर्तन मात्र होइन, अबको क्रान्ति आर्थिक, सामाजिक रुपान्तरण विना सम्भव छैन ।

वर्तमान समाजको क्रान्ति भनेको व्यापक रुपमा रोजगारी र उद्यमशीलता हो’ उनले भने ।
उद्योगमन्त्री बस्नेतले नेपाली समाजमा औद्योगिक चेतनाको कमी रहेको जानकारी दिए । साथै वर्तमान शिक्षा प्रणाली उद्योगी र उद्यमी उत्पादन भन्दा कारिन्दा उत्पादन गर्ने दिशा तर्फ उन्मुख रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL