Logo

छाला जुत्ता संघमा श्रेष्ठ, नेपाली जुत्ताको बजारिकरण पहिलो प्राथमिकता

छाला जुत्ता संघमा श्रेष्ठ, नेपाली जुत्ताको बजारिकरण पहिलो प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ माघ, काठमाडौं । छाला जुत्ता तथा बस्तु उत्पादक संघ, नेपालको अध्यक्षमा रविनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको शुक्रबार भएको १३ औं बार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । १३ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमिति ३ वर्षको लागि हुनेछ ।

त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार फुयाँल निर्वाचित भएका छन् भने अन्य उपाध्यक्षहरुमा कालिदाश गोताम र उत्तम अधिकारी निर्वाचित भएका छन् । संघको अपाध्यक्ष र सदस्य पदमा भने मतदान भएको अध्यक्ष श्रेष्ठले बताए ।

संघको महासचिवमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने उपमहासचिवमा नवराज गौतम चयन भएका छन् । यसैगरी, सचिवमा शम्भुप्रसाद तिमल्सिना र कोषध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा चोपकुमार श्रेष्ठ, ज्ञानेन्द्र दाहाल, दिपेन्द्र थापा, गंगा श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, राजनकुमार श्रेष्ठ र ऋषिराज घिमिरे निर्वाचित भएका छन् ।

अध्यक्ष भएसँगै श्रेष्ठले आगामी दिनमा यस अघिका अध्यक्षले गरेर कामलाई निरन्तरता दिँदै नेपाली छाला जुत्ता तथा बस्तुहरुलाई उपभोक्ता माझ विश्वसनीय बनाउन लागि पर्ने बताए । साथै, आगामी दिनमा मूलुकलाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाइ आयातलाई प्रतिस्थापन गरिने समेत उनले बताए । ‘पछिल्लो समय नेपाली जुत्ता तथा चप्पलमा नेपाली उपभोक्ता आकर्षण बढ्दै गएको छ,’ उनले भने, ‘आगामी दिनमा विदेशी जुत्ता तथा चप्पललाई प्रतिस्थापन गरी आप्मनिर्भर बन्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL