Logo

चुरोट र सुर्ती पछि मदिरामा चेतावनीमुलक सन्देश र चित्र राखिँदै

चुरोट र सुर्ती पछि मदिरामा चेतावनीमुलक सन्देश र चित्र राखिँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले मदिरामा पनि चेतावनीमुलक सन्देश तथा चित्र राख्नुपर्ने व्यवस्था लागु गर्ने भएको छ । मदिराले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको भन्दै न्यसलाई न्युनिकरण गर्न चेतावनीमुलक सन्देश तथा चित्र राख्न लागिएको हो ।

laxmi

मदिरामा चेतावनीमुलक सन्देश तथा चित्र राख्ने सम्बन्धमा छलफल भइरहेको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । ‘मदिराले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएकाले त्यसमा पनि चेतावनीमुलक सन्देश तथा चित्र राख्न लागेका हौं,’ उनले भने, ‘तर, कस्तो र कति राख्ने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन ।’

पाण्डेका अनुसार मदिराका बोतलमा कस्तो र कति चेतावनीमुलक चित्र राख्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रायलये छुट्टै कार्यविधी बनाउने छ । त्यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा ल्याइने छ । उक्त व्यवस्थाले समाजमा जनचेतना फैलाउन समेत समहयोग पुग्ने छ ।

चुरोट र सुर्तीमा चेतावनीमुलक सन्देश तथा चित्र राखेपछि सो को प्रयोग गर्ने क्रम घटेसँगै मदिरामा पनि राख्न लागिएको हो । सो प्रयोगमा आएसँगै समाजमा ठूलो परिवर्तन आउने मन्त्रालयको अपेक्षा रहेको छ ।

यता स्वास्थ्य मन्त्रालयले पनि सो विषयमा छलफल अघि बढाएको जानकारी दिएको छ । तर, सो सम्बन्धमा कुनै ठोस निर्णय भने नभइसकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । ‘मदिरामा अल्कोहल घटाउने तथा यसको पयोगमा न्युनिकरण गर्ने विश्वव्यापी मान्यता नै हो,’ उनले भने, ‘सोही अनुरुप नेपालमा पनि प्रक्रिया अघि बढाइएको हो ।’ हाल जनशक्ति ऐन तयार भइरहेको र त्यसैले केही विषयलाई समेट्ने समेत उनले जानकारी दिए ।

हाल सरकारले चुरोट, सुर्ती तथा गुट्काको कभरमा ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश तथा सो सम्बन्धी चित्र राख्नुपर्ने व्यवस्था गरिएको छ । तर, उक्त व्यवस्थाले आफ्नो ब्राण्ड नै हराएको भन्दै उत्पादकहरुले त्यसलाई घटाउन माग गर्दै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL